आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर बजारमा छठपर्वको रौनक

AuthorAP Khabar२०७५ कार्तिक २५, आईतबार (५ साल अघि) ४९५ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २५ : छठ पर्वको आगमसंगै बाराको जीतपुर बजारमा चहल पहल बढेको छ । हिन्दुहरुको महान पर्व छठ आईतवारबाट शुरु भएसंगै त्यसको किनमेल गर्न चहल पहल बढेको हो । छठपर्वको तैयारीमा किनमेल गर्नका लागि बाराका अधिकाशं बजारहरुमा बर्तालुहरुको भिड बढेको छ ।

यस पर्वमा नयां स्वच्छ तथा सफा पहिरनका साथै नयां समाग्रहिरुको प्रयोग हुने भएकोले लगभग यो पर्व गर्ने सबै बर्तालुहरु समान खरीद गर्न आएकाले बजारमा चहलपहल बढेको हो । यस पर्वमा घरमा रहेका साना देखि ठुला सबैको लागी नयां पहिरनका समाग्री किन्ने चलनपनि रहेको छ ।

बजारमा खास गरी कपडा, फलफुल, मिठाइ, किराना समाग्री, तरकारी र माटोको भाडो बिक्री गर्ने पसलमा भिड बढेको हो । विशेष गरी मध्य तराइमा मनाउने यो पर्वलाई हिन्दु धर्मकै ठुलो र पवित्र पर्वको रुपमा लिइएको पाईन्छ भने केहि वर्ष यता नेपालको पहाडी समुदायले समेत यो पर्व मनाउन थालेका छन् ।

तराईका अधिकाशं बजारहरुमा बासबाट बनाइएका दउरा (टोकरी) , सुपली, नाङ्गलो, माटोबाट बनाइएको भांडाबर्तन लगायत नरिवल, कागति, सुथनि, बेसार, र भोगटे जस्ता बिभिन्न सामग्रीहरु किन्न आएको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर बजारमा किनमेल गर्न आउनुभएकी ब्रतालु प्रमलिा चौधरीले बताउनुभएको छ ।

अरु पर्व भन्दा गाह्रो पर्वको रुपमा रहेको यस छठ पर्वमा एक महिना पहिलादेखि नै साकाहारी खाना खाने र घर आगँनलाई चोखो राख्नुपर्ने विगत ११ वर्षदेखि छठ गर्दै आउनुभएकी स्थानिय सदिकुमारी लामाले बताउनुभएको छ । उहाँले आफुलाई विश्वाष लागेर यो पर्व गरेको समेत बताउनुभएको छ ।

आईतवार (आज) बाट शुरु भएको यो पर्वमा पहिलो दिन ब्रतालुले बिहान घर, नदी वा पोखरीमा स्नानपछि शुद्ध शाकाहारी भोजन खाएर सूर्यको आराधना गर्दै महापर्व छठ आरम्भ गरेका छन् ।

यसैगरी छठ ब्रतालुले सोमवार दिनभर निरहार ब्रत बसी बेलुकी रसियाव रोटी बनाएर खरना गर्ने छन् । भने मंगलवार ठेकुवा, कसार (भुसुवा), नरिवल, कागति, सुथनि, बेसार, र भोगटे लगायत लोकप्रिय प्रसादका साथ अस्ताउदै गरेको सूर्यलाइ अर्घ दिने र बुधवार बिहान उदाउदै गरेको सूर्यलाइ अर्घ दिएर छठ पर्व समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस