आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३७८ पाठक संख्या

चैत २७  सर्लाहीको हरिवन नगरपालिका- ४ सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।नागेन्द्र चौधरीले संचालन गरेको गोल्ड इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

मंगलबार दिउँसोदेखि बेपत्ता परेकी बालिका राति अबेर पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए।इँटा उद्योगमा कार्यरत मजदुरले खाल्डोमा जमेको पानीमा बालिकाको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। इँटा बनाउनका लागि माटो निकालेर बनेको खाडलमा जमेको पानीमा बालिका डुबेको प्रहरीले जनाएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृत दुबै बालिकाको बुवा रोजगारीको शिलशिमा बैदेशिक रोजगारीमा छन्।

प्रतिक्रिया दिनुहोस