आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सस्तो भयो सुन

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ४४८ पाठक संख्या

चैत्र २७  सुनको भाउ बुधबार अघिल्लो दिनको तुलनामा ह्वात्तै घटेको छ । सुन अघिल्लो दिन भन्दा प्रतितोला २ सय रुपैयाँ सस्तो भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा किनबेच भएको छ । खतेजावी सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापाबाल सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँ पुगेको थियो । तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा किनबेच भएको थियो । बुधबार चाँदीको भाउ पनि घटेको छ । मंगलबार प्रतितोला ७ सय ४० रुपैयाँ पु्गेको चाँदी बुधबार ७ सय ३० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

सुनचाँदीको भाउ केही साता यता घटबढ भइरहेको छ । चैत २५ गते छापावाल सुन प्रतितोला ६० हजार, तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला ७ सय ३० रूपैयाँमा कारोबार भएको थियो ।

janta samachar

प्रतिक्रिया दिनुहोस