आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्रीले लगाए सचिवको कार्यकक्षमा ताला

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ९६० पाठक संख्या

चैत्र २७  तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्री र सचिवबीच टकराव देखिएको छ । सामाजिक विकास मन्त्री युवराज दुलालले सचिव लोकनाथ पौड्यालको कार्यकक्षमा ताला लगाउनु भएको छ ।

सचिवले सबै फाँटका काम पेन्डीङ राखेर फाइलको चाङ लगाएको आरोप लगाउँदै मन्त्रीले मंगलबार साँझ सचिव पौड्यालको कार्यकक्षमा तालाबन्दी गरेको बताउनुभयो । फागुनको तेस्रो साता सरुवा भइ मन्त्रालय हाजिर भएका सचिवले महाशाखा, र मन्त्रालयका महत्वपूर्ण निर्णय गर्नुपर्ने कामप्रति बेवास्ता गरेको मन्त्री दुलालको आरोप छ । सचिवले मातहतका कर्मचारीलाई हप्कीदप्की गरी अमर्यादित व्यवहार गरेपछि बाध्य भएर कार्यकक्षमा तालाबन्दी गरेको मन्त्री दुलालले दाबी गर्नुभयो ।

सचिव पौड्यालकाे कार्यकक्ष

मन्त्री दुलाल र सचिव पौड्याल दुबै बुधबार काठमाडौं गएका छन् । मन्त्रालयका अन्य कर्मचारीहरुले भने यस विषयमा बोल्न चाहेनन् । सचिव पौड्यालसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।

janta samachar

प्रतिक्रिया दिनुहोस