आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामै दोस्रो अन्तराष्ट्रिय विमान स्थल बनाउन बाराका प्रदेश सभा सदस्यद्धारा पहल शुरु

AuthorAP Khabar२०७५ कार्तिक २५, आईतबार (५ साल अघि) ५५१ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २५ : बाराका प्रदेश सभा सदस्यहरुले दोस्रो अन्तराष्ट्रिय विमान स्थल बारामै बन्नुपर्ने भन्दै पहल अगाडी बढाएका छन । प्रदेश नम्बर २ को राजधानि जनकपुरमा बसेको बाराका प्रदेश सभा सदस्यहरुले केन्द्र तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने पहल अगाडी बढाएको बाराका प्रदेश सभा सदस्य सुन्दर विकले जानकारी दिनुभएको छ ।
बारा जिल्लामा भौगौलीक र चट्टानी माटोको हिसाबले दोस्रो अन्तराष्ट्रिय विमान स्थल बनाउन उपयुक्त स्थान रहेको निशकर्ष निकाल्दै केन्द्र तथा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने तैयारी थालिएको प्रदेश सभा सदस्य विकले जानकारी दिनुभयो ।
बैठकले यो विमन स्थल काठमान्डौ तराई द्रुत मार्गका साथै विशेष आर्थिक क्षेत्र (सेज) र भारतसंगको नेपालको मुख्य नाकाको रुपमा रहेको विरगंज पथलैया ६ लेन सडकसंग जोडिने भएकाले यसै जिल्लामा दोस्रो अन्तराष्ट्रिय विमान स्थल बन्नुपर्ने निस्कर्ष निकालेको हो ।
०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्रा्ष्ट्रिय हवाई मार्गका लागि बारामा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस