आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : राहुलको शतकिय पारी, तर पञ्जाबको हार

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ९३६ पाठक संख्या

चैत्र २८  इंडियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राती सम्पन्न खेलमा मुम्बई इंडियन्सले पञ्जाबविरुद्ध जित निकालेको छ । मुम्बईले पञ्जाबलाई तीन विकेटले पराजित गरेको हो ।

१ सय ९८ रनको विजयीलक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । मुम्बईका लागि क्विन्टन डिकक २४, सिद्धेस लाड १५, सुर्यकुमार यादव २१, किरण पोलार्ड ८३, इसान किसान ७, हार्दिक पाण्ड्या १९, क्रुनाल पाण्ड्या १ रनमा आउट हुँदा अल्जारी जोसेफ १५ र राहुल चहर १ रन बनाउँदै नटआउट रहे । बलिङतर्फ पञ्जाबका मोहम्मद सामीले तीन, रविचन्द्र अश्विन, श्याम करन र अंकित राजपूतले समान एक–एक विकेट लिए ।

मुम्बईको वान्खेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । पञ्जाबका लागि लोकश राहुलले शतकिय पारी खेले । उनले ६४ रनमा १ सय रन खेलेर नटाआउट रहे । यस्तै क्रिस गेल ६३, डेभिड मिलर ७, करुण नायर ५, श्याम करन ८ रनमा आउट हुँदा मन्दीप सिंह ७ रन खेल्दै नटआउट रहे । बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या दु्ई, जस्प्रित बुमराह र जसन बेह्रेनपडोर्फले समान एक–एक विकेट लिए । ३१ बलमा ८३ रन बनाएका किरन पोलार्ड म्यान अफ द म्याच घोषित भए ।

आजको खेल
प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नाई सुपरकिंग्सबीचको खेल हुनेछ । खेल नेपालीसमय अनुसार बेलुकी सवा ८ बजे राजस्थानमा हुनेछ । ६ खेलमा ५ खेल जितेको चेन्नाई अंकतालिकको शीर्ष स्थानमा रहँदा ५ खेलमा १ खेल मात्र जितेको राजस्थान तालिकाको पुच्छारबाट दोश्रो स्थानमा छ । यी दुईटीम यसअघि भएको पाँच खेललाई हेर्ने हो भने, तीन खेलमा चेन्नाई र दुई खेलमा राजस्थान विजयी भएको छ । घरेलु मैदानमा आजको खेल हुने भएकोले पनि राजस्थानले आजको खेलमा आफ्नो पकड जमाउन सक्ने अनुमान गरिएको छ । यद्यपि चेन्नाईले प्रतियोगितामा आफूलाई अहिलेसम्म अब्बल राखेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस