आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाह्र हजार कर्मचारीको पदस्थापना

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ३४० पाठक संख्या

चैत्र २८  संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका १२ हजार कर्मचारीलाई पदस्थापना गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका एक लाख ३१ कर्मचारीमध्ये १२ हजारलाई तीनै तहमा पदस्थापना गरेको छ ।

मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले समायोजन रोजेका कर्मचारीलाई दैनिक पत्र दिएर पदस्थापना गरिरहेको जानकारी गराउनुभयो । उहाँले पहिलो चरणमा प्रदेश र स्थानीय तहमा कर्मचारीलाई पदस्थापना हुने कार्य भइरहेको बताउनुभयो । ‘प्रदेश र स्थानीय तहमा जनताका काम धेरै हुनाले कर्मचारीलाई पनि ती तहमा पठाउन थालेका छौँ’, उहाँले भन्नुभयो, ‘प्रदेश र स्थानीय तहमा पदस्थापना सकेपछि मात्र संघमा गर्दछौँ ।’ मन्त्रालयले सचिव तथा सहसचिवको पदस्थापना यसअघि नै गरिसकेको छ ।

यसैगरी प्रदेश र स्थानीय तहमा समायोजन रोजेका उपसचिव र शाखा अधिकृतको पदस्थापना गरिएको छ भने नायब सुब्बा, खरिदार, कार्यलय सहयोगीको पदस्थापना गर्न पूरै बाँकी नै रहेको छ । मन्त्रालयले असार मसान्तसम्म समायोजन भएका सबै कर्मचारीलाई पदस्थापना गर्ने भएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस