आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ऐश्वर्या किन गइनन् डिनरमा ?

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (४ साल अघि) ३७५ पाठक संख्या

चैत २८  बलिउड महानायक अमिताभ बच्चनले केही दिन पहिले मार्सिडिज बेन्ज भी–क्लास गाडी खरिद गरे । भी–क्लास भारतमा आजसम्म लन्च भएकामध्ये सबैभन्दा महँगो एमपिभी कार हो । जसको मूल्य भारतमा ६८ लाख भारु छ ।

अमिताभ सोही कारमा पत्नी जया बच्चनको जन्मदिनमा पूरा परिवारका साथ डिनरमा निस्किएका थिए । डिनरको तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ । तस्बिरमा अमिताभ, जया, छोरी श्वेता र छोरा अभिषेक मात्र देखिए । बुहारी ऐश्वर्या कतै देखिएकी छैनन् । ऐश्वर्या किन गइनन् त भन्ने चासो सेलिब्रेटीप्रेमीले राखेका छन् ।

ऐश्वर्याले सासूको जन्मदिनमा इन्स्टाग्राममा छुट्टै तस्बिर सेयर गरेकी थिइन् । तस्बिरमा जयाको साथमा ऐश्वर्या र छोरी आराध्या मात्र छन् । ऐश्वर्याले क्याप्सन लेखेकी छिन्, ‘सधैँ खुसी रहनुस् ।’ जयाको ९ अप्रिलमा जन्मदिन थियो । जन्मदिनभन्दा एक दिन पहिले छोरी श्वेताले जयालाई डिनरमा लिएर गएकी थिइन् । रेस्टुरेन्टबाट बाहिर निस्कँदा जया खुसी देखिन्थिन् ।

प्रतिक्रिया दिनुहोस