आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा ७ का वडा अध्यक्ष गुप्ताद्धारा छठ ब्रतालुलाई पुजा समाग्री सहयोग

AuthorAP Khabar२०७५ कार्तिक २६, सोमबार (५ साल अघि) ५४१ पाठक संख्या

जीतपुर, कार्तिक २६ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबाबु गुप्ताले आफ्नो सुविधाको रकमले दलित, गरिव र विपन्न वर्गका महिलाहरुलाई छठपर्वका लागि आवश्यक पुजा साम्रगी सहित नगद रकम वितरण गर्नुभएको छ ।
आईतवार एक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष गुप्ताले २ सय जना महिलाहरुलाई छठ पर्वका लागि आवश्यक पुजा साम्रगीहरु तेल, मिठा, अगरवक्ती, लक्ताकपडा सहित नगद रु.५५ रुपयाँ प्रदान गर्नुभएको हो ।
वडाध्यक्ष गुप्ताले सरकारले आफुलाई सुविधा स्वरुप प्रदान गरेको रकम गरिव, विपन्न महिलाहरुकोे धार्मिक कार्यमा सहयोग गर्न पाँउदा अत्यन्त खुसी लागेको टिप्पणी गर्नुभयो ।
गुप्ताले २०६४ सालदेखि छठ पर्वमा निरन्तर रुपमा गरिव विपन्न महिलालाई सहयोग गर्दै आउनुभएको छ । गुप्ताले प्रदान गर्नुभएको सहयोग लिन वडा नं ७ सहित अन्य आसपासका वडाका विपन्न वर्गका महिलाहरु समेत सहभागी भएका थिए ।
‘सबै धर्मका गरिव विपन्नहरुलाई निस्वार्थ भावले सक्दो सहयोग गरेको छु, यो सहयोग भविष्यमापनि निरन्तर चल्नेछ’ वडाध्यक्ष गुप्ताले भन्नुभयो । छठ पर्वका लागि लक्ता कपडा, नगद रकम सहित पुजा साम्रगी, पाएका महिलाहरुले खुसी हुदै यस्तो उदाहरणीय कार्य अन्य वडाहरुले पनि सञ्चालन गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस