आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘समृद्ध नेपालको नारा संस्थागत हुँदैछ’

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) ३५८ पाठक संख्या

चैत्र २८  प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सरकारले पुरा गर्ने बताउनुभएको छ । बिहिबार भक्तपुरको खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार विकास र समृद्धिमा अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–‘लामो अस्थिरतापछि अहिले देश स्थायित्व तर्फ अग्रसर छ, अन्तर्राष्ट्रिय आतंकवाद, जातीय तथा धार्मिक अतिवाद, आन्तरिक द्धन्द्ध तथा विद्रोह आजका ठूला सुरक्षा खतराहरु हुन्, तसर्थ देशमा विद्यमान सुरक्षा चुनौति र भविष्यमा समेत उत्पन्न हुनसक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना सक्षम छन् ।’

नेपाली सेनालाई २१ औँ शताब्दीको आधुनिक सेनाको रुपमा विकास गर्दै लैजान जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो– ‘देश र जनताको सुरक्षा मामिलामा संम्भावित खतराको पूर्वानुमान गरी राष्ट्रिय चुनौतिहरुको सही आंकलन जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्नसक्ने नेतृत्ववर्ग आजको आवश्यकता हो ।’ उहाँले नेपाली सेनाको सहायक सेनानी दर्जामा नियुक्त हुनुभएका आयुक्तहरुमा कमाण्डरको रुपमा नयाँ जिम्मेवारी थपिएको र आफ्नो जिम्मेवारी सदैव सजक, सतर्क र कर्तव्यनिष्ठ भएर निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाका सि.सं ५७ अधिकृत क्याडेटतर्फ नौ जना महिला र केन्या तथा माल्दिभ्सका दुई विदेशी नागरिकसहित ६६ जना एवं सि.सं ४७ पदिक हुद्धा क्याडेट तर्फ ११ जना गरी कूल ७७ जना क्याडेट तालिमको आयुक्तलाई बधाई ज्ञापन गर्नुभयो । तालिममा प्रथम हुने सन्जोग कार्की, जुनियर तर्फ धनहरी राई, उत्कृष्ट महिलातर्फ संगिता अधिकारी र विदेशीतर्फ मालिदिभ्सका हिसान एरिसलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्नुभयो । अहिलेसम्म नेपालले विभिन्न राष्ट्रका १३ जना विदेशी नागरिकलाई यो तालिम प्रदान गरेको छ ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोईराला लगायत उच्च पदस्थ अधिकारी एवं सुरक्षा निकायका उच्च तहका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

janta samachar

प्रतिक्रिया दिनुहोस