आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रेस हितमा कानुन बनाउन सुझाव

AuthorAP Khabar२०७५ चैत्र २८, बिहिबार (५ साल अघि) २९० पाठक संख्या

चैत्र २८  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पत्रकारहको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिनु भएको छ ।

वरिष्ठ नेता खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । बिहीबारबाट काठमाडौंको टुँडिखेलमा शुरु भएको ‘दोस्रो अन्तर्राष्ट्रिय प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो’को उद्घाटन गर्दै उहाँले सूचना र प्रविधिको क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने भएकाले त्यसको विकासमा सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो । सूचना र प्रविधिको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्र्याउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनुभयो । एक्स्पोमा नेपालको लोकतान्त्रिक आन्दोलनका झलकहरु समावेश गरिएको फोटो, नेपालको प्राकृतिक तथा सांस्कृतिक रुपले मनोरम दृष्यहरुलाई कैद गरिएका फोटोहरुलाई मुख्य आकर्षणको रुपमा राखिएको छ ।

नेपाल मुद्रण उद्योग महासंघको समेत सहभागितामा आयोजना गरिएको ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्रीहरु, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ–नयाँ प्रविधिहरु पनि राखिएका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस