आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिवशक्ति घ्यूको फ्लुड आयल हिटरमा आगलागी, करिब एक करोड बराबरको क्षति

AuthorAP Khabar२०७५ कार्तिक २६, सोमबार (५ साल अघि) ५२८ पाठक संख्या

AP डेस्क
जीतपुर, कार्तिक २६  : बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नं.७ स्थित जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको थर्मिक ्फ्लुड आयल हिटरमा आईतवार राती आगलागी भएको छ । विद्युत् सर्ट सर्किटका कारण भएको आग लागीबाट थर्मिक ्फ्लुड आयल हिटर पूर्ण रुपमा जलेर नष्ट भए पछि करिब एक करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको हो ।
ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरिक्षक रामउदय शर्माका अनुसार आईतवार राती करिब ७ ः ४५ बजेको समयमा सुरु भएको आगलागीलाई करिब तीन घण्टाको प्रयास पछि नियन्त्रण लिईएको थियो । आगलागीमा कुनै प्रकारको मानविय क्षेती नभएको प्रहरीले जानकारी दिएको छ ।
आगोलाई नियन्त्रणमा लिनका लागि सो उद्योगमा कार्यर्त मजदुर , घटना स्थलमा गएको नेपाल प्रहरी , सशस्त्र प्रहरीहरुको सह्योगमा सिमरा विमान स्थल , जीतपुरसिमरा उपमहानगरपालिका , बिरगंज महानगरपालिका र नेपाल आयल निगम अम्लेखगंजको वारुणयन्त्रको सह्योगमा राती करिब ११ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस