आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (४ साल अघि) २८२ पाठक संख्या

चैत्र २९  राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुले फरक–फरक विषयलाई मुख्य प्राथमिकता दिएर समाचार प्रकाशित गरेका छन् ।

बिहिबार जनतासमाचार डटकममा पब्जी खेलमा प्रतिबन्ध लगाएको, स्ववियुको चुनाव जेठ १० गते हुने, डाक्टरहरुले सरकालाई माग पुरा गर्नको लागि दिएको ७२ घण्टे अल्टिमेटमको प्रसङ्ग र मन्त्रिपरिषद्का निर्णय लगायत विभिन्न अन्तर्राष्ट्रिय, राजनीतिक, मनोरञ्जनात्मक, आर्थिक समाचारहरु प्रकाशित गरेको छ ।

‘विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना’ शीर्षकमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । समाचारमा ७०७४ चैत मसान्तसम्म ४ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ नोक्सानी भएको, पछिल्लो एक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँको नोक्सानी भएको, नौ महिनादेखि प्रतिवेदन गोप्य बनाइएको र हेटौँडाको औद्योगि क्षेत्रमा सबैभन्दा बढी अनियमितता भएको उल्लेख गरिएको छ । प्राधिकरणको उच्च श्रोतका अनुसार उपभोक्तालाई अध्यारोमा राखेर उद्योगी÷व्यापारीलाई नाफा कमाउन बिजुली दिएबापत लिनुपर्ने शुल्क हिसाब नगर्दा नोक्सानी भएको हो । कान्तिपुरमै ‘शहरी विभागको जग्गा पनि व्यक्तिकै’ शीर्षकको समाचार पनि प्रकाशित भएको छ । समाचारमा १ सय १३ रोपनी जग्गा रोक्क गरिएको पनि उल्लेख छ । कर्नरमा छापिएको समाचारमा पब्जीमा प्रतिबन्ध लगाउन निर्देशन, विमानस्थलमा सुनससित तीन चिनिँया पक्राउ परेको र समायोजनको गुनासो दर्ता बैशाखसम्म हुने समाचार छ ।

गोरखापत्र दैनिकमा ‘नेपाली सेनालाई बहुआयामि बनाइने’ शीर्षकको समाचार छापिएको छ । प्रधानमन्त्री केपी ओलीले नेपाली सेना सधैँ संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित हुने बताउनुभएको छ । यस्तै सरकारले ७३ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ भने बालुवाटारको जग्गा सार्वजनिक सम्पत्ति भएकोले त्यसको संरक्षण गर्नु सरकारको दायित्व भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताउनुभएको प्रसङ्गलाई पनि गोरखापत्रले छापेको छ । विराटनगरमा रहेको एक सामुदायिक विद्यालयमा भर्नाको दवाव थेग्न नसकेर विद्यालयका प्रधानाध्यापक लगायत सबै शिक्षकको मोवाइल स्वीच अफ हुन्छ । पोखरिया उच्च माविमा नयाँ भर्नाका लागि विद्यालयले मागेको जम्मा ४ सय ३ विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा दिन हजार ७७ जना सहभागी भएको समाचार उल्लेख छ । भर्नाका लागि उपल्लो तहका राजनीतिक नेता तथा कर्मचारीको फोन आउने गरेको प्रधानाध्यापक खेम भट्टराईले बताउनुभयो ।

राजधानी दैनिकले ‘सर्वोच्चको प्राथमिकतामा परेनन् भ्रष्टाचारका मुद्दा’ शीर्षकमा समाचार छापेको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको र भ्रष्टाचारसम्बन्धी ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडी बढ्न नसकेको उल्लेख छ । चिकित्सकहरुले सरकारलाई माग पुरा गर्नको लागि ७२ घण्टे अल्टिमेटम दिएको छ । यदि त्यो समयसम्म पनि माग पुरा नभएमा आन्दोलनलाई झनै कडा बनाउने उनीहरुको भनाइ छ । गैरकानुनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता शीर्षकमा समाचार छापिएको राजधानी दैनिकमा देशभरमा अर्बौ मूल्यका जग्गा हडपिएको सरकारी निष्कर्षसहितको समाचार पनि प्रकाशित भएको छ ।

‘महासचिव ठगिनुभयो : सञ्चारमन्त्री’ शीर्षकको समाचार नागरिक दैनिकले छापेको छ । समाचारमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाका महासचिव बिष्णुप्रसाद पौडेल भूमाफियाबाट ठगिएको बताउनुभएको छ । ललितानिवास हडप्नेलाई सरकारले कुनैपनि हालतमा नछाड्ने बताउँदै उहाँले पौडेलले क्षतिपूर्ति पाउनुपर्ने उल्लेख गर्नुभएको छ । यस्तै सोही समाचारमा जनकपुरमा रहेको रामजानकी दुलहा भगवान् मन्दिर र सिक्टाको पाँट कट्टा जग्गा पनि भूमाफियाको कब्जामा रहेको उल्लेख छ । त्यसैगरी काठमाडौं महानगरपालिकाले २७ प्रतिशतले शिक्षण शुल्क बढाएको समाचार पनि आजको नागरिकमा छ ।

‘नेपाल–भारत इनर्जी एक्सचेन्ज मार्केट सम्झौता, बिजुली किनेबेच अनलाईटबाट’ शीर्षकमा अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ । समाचारमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ४ सय केभी र टकनपुर प्रसारण लाइनबाट १ सय ३२ केभी विद्युत् एक्स्चेन्ज हुने जनाइएको छ । यस्तै सेनालाई आवश्यक पर्ने हातहतियार अब स्वदेशमै उत्पादन हुने भएको समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । साथमा पब्जी खेलमा प्रतिबन्ध लागेको समाचार पनि पत्रिकाले पहिलो पृष्ठको कर्नरमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर गयो’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा मतपत्रको ढाँचामाथि नै विवाद हुँदाहुँदै ११ करोड ७२ लाखको नमूना मतपत्रसहितको सामग्री तयार भएको र अदालतले ढाँचा परिवर्तन गर्न आदेश दिएपछि पनि लगातार चार दिनसम्म यस्ता सामग्री छाप्दा ७ करोढ ५४ लाख अपव्यय भएको उल्लेख छ । यस्तै ललितपुर महानगरको तलबभत्तामा १५ करोड रुपैयाँ खर्च भएको तर सडक निर्माणमा जम्मा नौ करोड रुपैयाँ खर्च भएको समाचार पनि नयाँपत्रिकाले पहिलो पृष्ठमा छापेको छ । म्याद सकिन लागेको औषधी टेकु अस्पतालले खरिद गरेको समाचार छापेको पत्रिकाले सरकारी चिकित्सकको आन्दोलनलाई चिकित्सक संघको समर्थन रहेको र स्ववियु निर्वाचन १० जेठभित्रै हुने समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

कारोबार दैनिकले ‘विदेशी लगानीको अरुण स्वेदशी लगानी’ शीर्षकको समाचार प्रकाशित गरेको छ । समाचारमा प्रवद्र्धकहरुले स्वदेशी बैंकलाई लगानी गर्न दिनुहुन्न भनेको , स्वीकृत लिनुपर्ने वा नपर्ने व्यवस्था छैन भनी लगानी बोर्डले भनेको र कुनै खराब हुने नदेखिएकोले स्वदेशी लगानी गरिएको भन्ने कम्पनीको भनाइ उल्लेख गरिएको छ । साथै ‘जलविद्युत्को हब बन्दै नौमूले’ शीर्षकको समाचार कर्णाली प्रदेशबाट महेन्द्र सापकोटले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस