आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तलब भत्तामा १५ करोड, सडक निर्माणमा ९ करोड

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (५ साल अघि) ११०६ पाठक संख्या

चैत्र २९  आर्थिक वर्ष २०७४/०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवासुविधामा बढी बजेट खर्च गरेको छ । महानगरले पदाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा आठ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

महालेखाले शुक्रबार राष्ट्रिपतिलाई बुझाउने लेखापरीक्षण प्रतिवेदनमा महानगरले पदाधिकारी र कर्मचारीको सेवासुविधामा अस्वाभाविक खर्च गरिरहेको बताएको छ । महानगरले शिक्षा विकास शीर्षकमा आठ लाख १८ हजार रुपैयाँ र सहरी स्वास्थ्य शीर्षकमा ६९ हजार नौ सय रुपैयाँ खर्च गर्दा प्रचारप्रचारमा पौने दुई करोड रुपैयाँ खर्चेको छ ।

महानगरपालिकाले पदाधिकारी तथा कर्मचारीले गरेको आन्तरिक तथा विदेश भ्रमणको अभिलेख नै राखेको छैन । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस