आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल चिकित्सक संघको सरकारलाई ७२ घण्टे अल्टिमेटम

AuthorAP Khabar२०७५ चैत्र २९, शुक्रबार (५ साल अघि) २८८ पाठक संख्या

चैत्र २९  नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले सरकारविरुद्धको आन्दोलनलाई झनै एकतावद्ध भएर अघि बढाउन पनि देशभरका सबै चिकित्सकहरुलाई आह्वान गर्नुभयो ।

सरकारले चिकित्सकहरुलाई पीडा दिने गरी गरिएको कर्मचारी समायोजन नसच्चिए देशभरका चिकित्सकहरु राजधानी बाहेक अन्य कुनै पनि ठाउँमा सेवाका लागि जान नसक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । संघले जब्बरजस्ती समायोजन गरेर सरकारले चिकित्सकहरुलाई पीडा दिने, प्रहरीलगाएर दूव्र्यवहार गर्ने काम गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ ।

स्थानीय सरकार मातहत रहने गरी सरकारले चिकित्सकहरुको पनि समायोजन गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरुले विगत ५ दिनयता आकस्मिक बाहेकका सरकारी अस्पतालका सबै सेवा बन्द गरी आन्दोलन शुरु गरेका छन । अध्यक्ष श्रेष्ठले त्यसप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफूहरुको अडानबाट पछि नहटन पनि आन्दोलनरत चिकित्सकहरुलाई आग्रह गर्नु भयो ।

janta samachar

प्रतिक्रिया दिनुहोस