आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश आन्दोलनका सहिद र घाईते परीवारलाई छठकाेसमाग्री वितरण

AuthorAP Khabar२०७५ कार्तिक २६, सोमबार (५ साल अघि) ४३९ पाठक संख्या

वीरगंज,कार्तिक २६
मधेश जनबिद्रोह समितिले मधेश आन्दोलनका घाईते र सहिद परीवारको घरमा पुगेर छठपर्वको समाग्री सोमबार हस्तानान्तरण गरेको छ ।मधेश आन्दोलन २०७२ मा वीरगंज महानगरपालिका ईनर्वा मनियारीका सहिद धर्मराज सिंह, घाईते उपेन्द्र यादव ,वगहिका मन्सी पटेल, ईनर्वाका संतलाल यादव ,बारा नवतन सहिद भोला साह र दिनानाथ साहको घरमा पुगेर छठपर्वमा आवश्यक पर्ने समाग्री वितरण गरेको हो । यस्तै छठको पारनको दिन कलैयाका सहिद हिफाजत मियाँको घरमा छठको कोसेली हस्तानान्तरण गरीने मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले जानकारी दिए। छठपर्वको समाग्री हस्तानान्तरण कार्यक्रममा अहमद हुसैन, मानान्धर पासवान , धुरेन्द्र सहनी , गणेश साह , अनिल वर्मा ,मुन्ना ठाकुर ,गौरी शंकर साह , लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस