आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीले सीके राउतलाई आफ्नाे दूत बनाएर मधेस पठाए : राजेन्द्र महतो

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ३२० पाठक संख्या

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दाबी गर्नु भएको छ ।नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबार काठमाण्डाैमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उहाँले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गर्नुभयो । नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई आफ्नो दूत बनाएर मधेसमा पठाएको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस