आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धुमधामका साथ तराई मधेसमा छठ पर्व मनाइँदै

AuthorAP Khabar२०७५ कार्तिक २७, मंगलबार (५ साल अघि) ४९० पाठक संख्या
डेस्क
जीतपुर, कार्तिक २७ : तराई मधेसबासीको बडो श्रद्धा , भक्ति तथा साझा संस्कृतीको रुपमा रहेको छठ पर्व मंगलवार आज अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर धुमधामका साथ मनाईदै छ । चार दिन सम्म मनाइँने यस छठ पर्व भोली बुधवार उदाउँदै गरेको सूर्यलाई अघ्र्य  दिए पश्चात सम्पन्न हुँने छ ।
छठ पर्वको पहिलो दिन आईतवार पहिलो दिन नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन सोमवार रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सूर्य भगवानलाई अघ्र्य  दिईएको छ । भोली बुधवार भने बिहान उदाउँदै गरेको सूर्य भगवानलाई अघ्र्य दिएर समापन हँुने छ ।
सत्य र अहिंसा प्रति सहानु भुति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चार्ड छठ सबै जातजाती , भाषा भाषीले साझा रुपमा मनाउँने गर्छन् । सूर्य उपहासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यलाई अध्र्य दिने गरिन्छ ।
छठपर्व सुख , शान्ति , समृद्धि , पुत्र प्राप्ति तथा मनोकमना पुर्तिका लागि गर्ने गरिएको धार्मिक आस्था रहेको छ ।
छठपर्व बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर वडा नं.७ स्थित रातोपुल , बकुलिया , केराढोका , टेंढारोड् , बजनी , सिमरा , पथलैया , सदरमुकाम कलैया स्थित रामजानकी मन्दिर , सिद्धेश्वर मन्दिर , कलैया गाउँ , बरेवाका साथै बेलहियाँ , प्रस्टोका , सिम्रौनगढ , बरियारपुर , फेंटा , प्रसौनी , मोतिसर , गंजभवानीपुर , निजगढ , पर्साको बिरगंज स्थित घरियर्वा पोखरी , केहुमियाको तिलावे नदी , पोखरीया लगायत , मकवानपुर , सर्लाही , जनकपुर लगायतको विभिन्न जिल्लाहरुमा नैं भक्तजनले छठ पर्व धुमधामका साथ मनाईरहेका छन् ।
छठपर्वका लागि यस क्षेत्रका छठ व्रतालुहरुले पूजा सामग्रीको तैयारी गरी आज मध्य रात देखि गहुँको पिठोबाट खजुरी , ठेकुवा लगायतका प्रशादका परिकारहरु बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस