आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंज कलेजको चौथो बार्षिक उत्सव मनायो

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (४ साल अघि) ४५० पाठक संख्या

 चैत्र ३०  वीरगंज महानगरपालिकाको श्रीपुरस्थित वीरगंज कलेज प्रालिले आफ्नो चौथो बार्षिक उत्सवको अवसरमा बिभन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना गरेको छ । सो अवसरमा विविएसको पढाई पुरा गरेको छात्र तथा छात्राहरुलाई विदाई समेत गरिएको थियो ।

कलेजका अध्यक्ष डा.दिपेन्द्र चौधरीको अध्यक्षतामा तथा प्रदेश २ का भौतिक पूर्वधार विकास मनत्री जितेन्द्र सोनलको प्रमुख आथित्या सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा नेपाली काग्रेस पर्साका सभापती अजय द्धिवेदी, नेकपाका केन्द्रिय सदस्य अशोक राई, राजपामा महामन्त्री नेजामोदिन समानी, नेकपा युवा नेता रहबर अंसारी, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, वीरगंज उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता,ठाकुरराम बहुमुखि क्याम्पसका डा.प्रमोद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका सदस्य मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनलले सबै विकासको मुख्य जड भनेको शिक्षा नै रहेको कारण शैक्षिक क्षेत्रको विकासको लागि राज्य ठोस पहल गर्नु पर्ने धारणा राख्नु भयो । सरकारी विद्यालयहरुको गुणस्तर सुधारसँगै राज्यले निति क्षेत्रबाट खुलेका शैक्षिक संस्थाहरु पनि संरक्षण गर्नु पर्ने वताउनु भयो । निति क्षेत्रबाट खुलेका शैक्षिक क्षेत्रले पनि देशको शैक्षिक विकासको लागि अतुलनिय योगदान पु¥याएको वताउँदै राज्यको तर्फबाट पनि हुनु पर्ने दायित्व राज्यले पुरा गर्नु पर्ने वहाँले जोड दिनु भयो । देशमा अब प्राविधिक शिक्षाको खाचो रहेको वताउँदै युवाहरुलाई देशमै रोजगारीको ग्यारन्टी गर्न नसकिएको कराण विदेश प्लायन भई रहेको वताउनु भयो ।

कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा कलेज संचालन तथा कलेजको शैक्षिक वृति विकासको लागि सहयोग गर्नु हुने फ्याक्लटिमेवर तथा प्रध्यापकहरुलाई समान्न समेत गरिएको थियो । बार्षिक उत्सवको अवसरमा विद्यालयहरुले विभिन्न खाले सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम उद्घोषण कलेजका संयोजक प्रम पटेलले तथा विविएस प्रथम बर्षका छात्र बिवेक कर्णले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस