आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोस्रो वीरगंज च्याम्पिय टी २० लिग क्रिकेट टुनामेन्ट सम्पन्न

AuthorAP Khabar२०७५ चैत्र ३०, शनिबार (५ साल अघि) ४४० पाठक संख्या

चैत्र ३०  वीरगंजमा जारी दोस्रो वीरगंज च्याम्पिय टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ प्रतियोगिताको फाइनलमा भारतको वेतिया विजयी भएको छ ।

नारायणी रंगशालाको क्रिकेट मैदानमा २६ गते देखी जारी टुनामेन्ट प्रतियोगिताको फाइनलमा नेपाल पुलीसलाई हराउदै भारतको वेतिया विजयी भएको हो । सहभागी खेलाडीहरुलाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्दै संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले खेलकुद क्षेत्रमा पछाडी परेको पर्सा जिल्ला अब विस्तारै खेलकुद क्षेत्रमा सक्रिय हुदै गएको बताउनु भयो ।

पर्सामा राष्ट्रिय स्तरका खेलाडीहरु समेत रहेकाले उनीहरुको खेलकुद क्षेत्रबाट पलायन रोक्न पनी पर्सामा निरन्तर खेलकुद हुन जरुरी रहेको बताउनु भयो । यहा निरन्तर खेलकुद भयो भने मात्र खेलाडीहरुको ध्यान अन्य पेशा अथवा खेलकुद क्षेत्रबाट पलायन तर्फ जादैन सांसद यादवले भने । खेलाडीहरु देशका गहना हुन उनीहरुकोलागी हरेक प्रकारको सहयोग गर्न आफु सदैव तयार रहेको बताउनु भयो ।

कार्यक्रममा सांसद यादवले खेलाडीहरुको खेल क्षेत्रबाट पलायन रोक्न उनीहरुको जिविको पार्जनका निम्ती सरकारी स्तरमा रोजगारीको लागी सम्बन्धीत ठाउमा समेत कुराहरु राखेको जानकारी दिनु भयो । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी,सिंहासन प्रसाद कलवार,वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक,वडा नम्बर १२ का नपस रमेश साह कानु, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी लगाएतले खेलाडीहरुलाई बधाई एवम सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा संयोजक मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका सचिव घन्श्याम गुप्ता लगाएतको उपस्तीथी रहेको थियो । कार्यक्रम संचालन राजुल हवारीले गरेका थिए भने उदघाटन कार्यक्रम युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासीम हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । विजयी वेतिया टिमले ७५ हजार नगर पुरस्कार सहित सिल्ड प्राप्त गरेको थियो भने दोस्रो हुने नेपाल पुलीसले ४० नगद सहित सिल्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस