आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालको इंटरनेट र टेलिफोन संसारकै महंगो

AuthorAP Khabar२०७६ बैशाख १, आईतबार (५ साल अघि) ३५९ पाठक संख्या

बैशाख १ संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महंगो देखिएको छ ।

महालेखापरीक्षकको कार्यालले नेपालको टेलिफोन र इंटरनेट सेवाको मूलय संसारभरकै अत्याधिक महंगो देखिएको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विवरषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत हुने ठहर गरेको छ ।

अन्य देशका टेलिकम सञ्चालकहरुले जम्मा ६ देखि २४ प्रतिशतसम्म मात्र मुनाफा राख्छन् भने नेपालका टेलिकमहरुले ५८ देखि ६२ प्रतिशतसम्म मुनाफा राख्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।, आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस