आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘मोटरसाईकल आजै किनेको’ (भिडियोसहित)

AuthorAP Khabar२०७६ बैशाख २, सोमबार (५ साल अघि) ३३४ पाठक संख्या

बैशाख २  चर्चित झिल्के लोक दोहोरी गायक नवराज घोरासाईनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखीहरुका लागि ‘मोटर साईकल आजै किनेको’ उपहार लिएर आएका छन् ।

गीतमा गायक घोरासाईनेलाई चर्चित लोक गायिका पार्वती कार्किले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत घोरासाईने आफैंको रहेको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ ।

गीतको छायाँकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरि, संजिता राना, गायकद्धय नवराज घोरासाईने, पार्वती कार्कीको साथमा नारायण दंगालले अभिनय गरेका छन् ।

आफ्नो चर्चित गीत ‘मोटरसाईकल आजै किनेको’ भिडियोसहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन् । यो सँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको ‘डाँडाघरे दाई’ बोलको लोक दोहोरी गीतमा पनि गायक घोरासाईनले आफ्नो स्वर दिइसकेका छन् ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गायक घोरासाईनेको ‘मोटर साईकल आजै किनेको’ बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराईएको छ ।

गीतको भिडियो तलको लिंकमा गएर हेर्नसक्नुहुने छ ।

 

प्रतिक्रिया दिनुहोस