आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूपिनको नयाँ उपन्यास मैदारोको चितवनमा लोकार्पण

AuthorAP Khabar२०७६ बैशाख २, सोमबार (४ साल अघि) ३१६ पाठक संख्या

कवि तथा निबन्धकार भूपिनको नयाँ उपन्यास ‘मैदारो’ लाई आज भरतपुरमा लोकार्पण गरिएको छ ।

उपन्यासलाई कथाको पात्रको रुपमा उभ्याइएका चित्रकारहरु भीम शर्मा र प्रकाश थापाले लोकार्पण गरेका हुन् । कार्यक्रममा उपन्यासको बारेमा कवि तथा निबन्धकार रोशन शेरचन, समालोचक उदय अधिकारी, कवि निमेष निखिल र समालोचक प्राडा एकनारायण पौडेलले बोलेका थिए ।

कवि तथा निबन्धकार रोशन शेरचनले मैदारो देखिने भीर भन्दा पनि नदेखिने भीरको कथा भएको बताए । उनले गैरदलितले जातीय छुवाछुतको बारेमा समानुभूतिको आधारमा लेखिएको उत्कृष्ट उपन्यास भएको बताए । निबन्धकार शेरचनले जीवनको बिसंगति र विरोधाभाषलाई रोचक शैलीले वर्णन गरे उपन्यासकारले जोखिम उठाएको विचार राखे ।

त्यसैगरी कवि निमेष निखिलले उपन्यास लेख्ने काम श्रम, समय र अर्थले पनि जटिल भए पनि बिजातीय प्रेम कथालाई मार्मिकरुपले उठाएको बताए । उनले उपन्यासमा स्थानीयता र आफ्नै अनुभवलाई समेटिएकोले पनि उत्कृष्ट भएको विचार राखे ।

कार्यक्रममा समालोचक उदय अधिकारीले उपन्यास लेखनमा प्रष्टरुपमा दार्शनिक रुपमा अगाडि आएको बताए । साना साना प्रसंग र प्रकृयिलाई उपन्यासकारले मिहिन ढंगले वर्णन गरेको उनले बताए । एउटा रचनात्मक चित्र जस्तो रुपमा सामाजिक यथार्थतालाई बर्णन गरिएकोले उपन्यास रोचक बनेको उनले बताए । उनले कतै गाउँको सेटिङ र शहरको सेटिङलाई व्याख्या गर्नुले उपन्यासकारलाई द्विविधाग्रस्त पारेको विचार राखे । कतिपय चरित्र चिश्रणमा समस्या पैदा भएको उनले बताए । रोमान्टिक लेखकको रुपमा भूपिन नयाँ उन्यासमा देखिएकोले यसलाई उनले निबन्धहरुको महाउपन्यासको रुपमा व्याख्या गरे । अक्षर समूहका अध्यक्ष ईश्वर कँडेललको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक डा एकनारायण पौडेल र एलबी क्षेत्रीले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस