आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली सेनाका कुचिकारको कोठामा आगलागी,दुई लाख बराबरको क्षति

AuthorAP Khabar२०७५ कार्तिक २९, बिहिबार (५ साल अघि) ७५५ पाठक संख्या

तिवारी यादब
वीरगञ्ज,कार्तिक २९  : वीरगज महानगरपालिका वडा नम्बर ८ मा रहेको दिनेश्वर प्रसाद साहको घरमा बिहिबार आगलागी भएको छ ।वीरगंजको श्रीपुरमा रहेको श्री चण्डी प्रसाद गणका कुचिकार पदमा कार्यरत कमल खत्रि डेरा लिई बस्दै आएका कोठामा आगलगी भएको हो ।
घरमा रहेको करेन्ट चुडिएर आगलगी हुदाँ लताकपडा, गरगहना, नगद, भाडावर्तन लगायतकाको समाग्री जलेर नष्ट हुदाँ आन्दाजी दुईलाख मुल्य बराबरको समाग्री जलेर नष्ट भएकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जस्ताले छाएको घरमा आगलगी प्रहरीले जनाएको छ ।दिउंसो ४ बजे सुरु भएको आगलागी १ घण्टा पछि वीरगंज महानगरपालिको बारुण यन्त्र ,नेपाली सेना ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको पर्सा प्रहरीले जनाएको छ ।
आगलगी पिडित नेपाली सेनाका कुचिकार खत्रि गुल्मी जिल्ला ४ मल्दी घर भई विगत ४ महिना देखि डेरा लिई श्रीमति संगै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस