आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्रभित्र माग अनुसारको नयाँ युनिट भएन

AuthorAP Khabar२०७६ बैशाख २, सोमबार (४ साल अघि) ३०२ पाठक संख्या

बैशाख २  सशस्त्र प्रहरी बल, नेपालले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराउनु भएको हो । सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भइरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे पनि स्पष्ट पार्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपालले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया शुरु गरिएको पनि बताउनु भयो । उहाँले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गर्नुभयो ।

सशस्त्र प्रहरी बलको सूचनामा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स पनि सोमबारबाटै संचालनमा ल्याइएको छ । मातहतका कर्मचारी र सशस्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यका साथ सो एप्स संचालनमा ल्याइएको पनि सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताउनु भयो । महानिरीक्षक खनालले चालू आर्थिक वर्ष भित्र सो एप्स सशस्त्र प्रहरी बलको सबै युनिटमा संचालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको पनि बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बललाई थप मजदुत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस