आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बोलेरो जिप दुर्घटना : एकको मृत्यु, १० घाइते

AuthorAP Khabar२०७६ बैशाख ३, मंगलबार (५ साल अघि) ३१० पाठक संख्या

बैशाख ३  उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइेत भएका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार सोमबारराति कटारी बजारबाट मुरमे गइरहेको स.१ज ५०६ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका–१ मुर्मेकी ४५ वर्षीया केसीमाया परियारको मृत्यु भएको एसपी राईले जानकारी दिनुभयो । बोलेरोमा सवार अन्य १० जना मध्ये तीन जना गम्भिर घाइते भएको अन्य समान्य रहेको एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो ।

उकालोमा लोड तान्न नसकेर बोलेरो सडकबाट झण्डै तीनसय मिटर तल खसेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस