आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुरुमा रिजेक्ट भएका थिए अक्षय कुमार

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ३९० पाठक संख्या

बैशाख ४ पछिल्लो समय अक्षय कुमारको ‘केसरी’ फिल्म रिलिज भएको थियो । केसरीसहित यो वर्ष उनका चार फिल्म रिलिज हुँदै छन् । अक्षय बलिउडका यस्ता कलाकार हुन्, जसले वर्षमा चार–पाँचवटा, त्यो पनि हिट फिल्म दिँदै आएका छन् । समय व्यवस्थापनका कारण उनी यति धेरै फिल्ममा काम गर्न सफल भएका हुन् ।

अक्षयले भारतमा पढाइका क्रममा मार्सल आर्ट तेक्वान्दोेमा ब्ल्याकबेल्ट हासिल गरे र थप तालिमका लागि बैंकक गए । उनले थाइल्यान्डमा मुआ थाई नामक मार्सल आर्टसँगै जोडिएको खेल पनि सिकेका थिए । हिरो बन्नुभन्दा पहिला अक्षय थाइल्यान्डको एउटा होटेलमा वेटर थिए र पछि सेफ भएर काम गर्थे ।

बलिउडका सुपरस्टार अक्षय हरेक दिन बिहानै ५ बजे उठ्छन्, अनि रातको ९ बजेभित्र सुतिसक्छन् । भारतीय मिडियाका अनुसार उनी साँझको ७ बजेपछि केही पनि खाँदैनन् । यदि कोही पत्रकारले अक्षयको अन्तर्वार्ताका लागि समय माग्यो भने उनी बिहान ६ बजे नै बोलाउँछन् ।

सुरुवाती चरणमा आमिर खानको मुख्य भूमिका रहेको ‘जो जिता वही सिकन्दर’मा दीपक तिजोरीको भूमिकामा अक्षयले अडिसन दिएका थिए । तर, उनलाई रिजेक्ट गरिएको थियो । अक्षयको पहिलो फिल्म ‘खेलाडी’ या ‘दिदार’ थिएन, महेश भट्टको फिल्म ‘आज’ थियो । त्यो फिल्ममा अक्षयले १३ मिनेटको मार्सल आर्ट टिचरको भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस