आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जिरो लिएर चाइना जाँदै शाहरुख

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (४ साल अघि) ७२५ पाठक संख्या

बैशाख ४ अभिनेता शाहरुख खान आफ्नो पछिल्लो फिल्म जिरो लिएर चीन जाने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यस वर्षको क्लोजिङ फिल्मका रूपमा ‘जिरो’ चुनिएको छ ।

आनन्द एल रायले निर्देशन गरेको ‘जिरो’मा भएको स्पेसल इफेक्टलाई लिएर फिल्मको प्रशंसा भएको थियो । बेइजिङ फिल्म फेस्टिभलमा संसारभरबाट छानिएका फिल्महरूको विशेष स्क्रिनिङ हुनेछ । जसमा ‘म्याड म्याक्स सिरिज’, ‘जेसन बर्न’, ‘ग्राभिटी’, चिल्ड्रेन अफ मेन’ लगायत फिल्म रहेका छन् ।

‘जिरो’को स्क्रिनिङका लागि शाहरुख र क्याट्रिना कैफ बेइजिङ जानेछन् । तर, गत वर्ष रिलिज भएको ‘जिरो’ भारतीय बक्स अफिसमा भने असफल भएको थियो । पछिल्लो समय शाहरुखका फिल्म बलिउडमा त्यति सफल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस