आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लगातार प्रतिकुल मौसमको चपेटामा बाराका ‘टोर्नाडो’ पिडित

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) २५२ पाठक संख्या

बैशाख ४  एक्कासी मौसम बदली भइ मंगलबार साँझ असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुका टेन्ट उडाएको छ । फेटा गाउँपालिका-१, भलुही भरबलीया, वडा ३ र ६ को पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका अध्यक्ष जाकिर मियाँले बताए । ‘हुरी र पानीले बसिनसम्नु बनाएको छ,’ उनले भने, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।’

उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५/६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए । टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई बिच्चली भएको उनले बताए । दुई साताअघि आएको टोर्नेडोले घरविहीन बनाएपछि उनीहरु टेन्टमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस