आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कम उमेरमै कपाल सेतो हुने ५ खतरनाक कारण

AuthorAP Khabar२०७६ बैशाख ४, बुधबार (५ साल अघि) ५५० पाठक संख्या

बैशाख ४  उमेर जति होस् आजकाल आम मानिस कपाल सेतो हुने समस्याले ग्रसित छन् । पहिले–पहिले मानिसको उमेर अनुसार कपाल फु्ल्ने हुन्थ्यो अहिले आएर कपाल सेतो हुनलाई उमेरले छेक्दैन । अधिकांश मानिस कपाल सेतो हुने समस्यामा छन् । अब बच्चाका कपाल समेत सेतो हुन थालेका छन् । कम उमेरमा कपाल सेतो हुने कारण जेनेटिक्सलाई लिने गरिन्छ । तर, कपाल सेतो हुने अन्य विभिन्न कारण हुनपनि सक्छन् । आखिर सानै उमेरमा किन कपाल सेतो हुन्छ त ? हेर्नुहोस्ः

१. प्रदुषणः वायु प्रदुषणले कपाललाई निकै नोक्सान भएको छ । हावामा रहेको प्रदुषित तत्वले कपाललाई ड्यामेज गर्ने गर्दछ यसका साथै सेतो समेत बनाउँछ । एक्सपर्टका अनुसार प्रदुषित हावामा रहेको फ्री रेडिकल्स मेलानिनले कपाललाई सेतो बनाउँदछ ।

२. तनावः उमेरभन्दा पहिले नै कपाललाई सेतो गर्ने अर्को मुख्य कारण तनाव पनि हो । तनाव लिने गरेपछि कपाल चाँडै आफ्नो प्राकृतिक रंग बदलेर अर्कै रंग फेर्ने गर्दछ ।

३. धुम्रपानः यो पनि कपाललाई सेतो बनाउने एक कारण हो । २०१३ मा प्रकाशित एक अध्ययनका अनुसार जो मानिस धुम्रपानको लतमा छ, उसको कपाल सामान्य मानिसको भन्दा सेतो हुने सम्भावना २५ प्रतिशत बढी रहन्छ ।

४. हर्मोनः शरीरमा हर्मोनको स्तर बिग्रिने कारणलेपनि कपाल चाँडै सेतो हुन्छ । हर्मोन असन्तुलित भएमा कपाल रुखो, सुख्खा हुने हुन्छ । कपालको चमक खतम हुन्छ । कपाल झर्ने समस्या पैदा हुन्छ ।

५. अनहेल्दी डाइडः डाइडको सीधा असर स्वास्थ्यमा पर्दछ । त्यसैले डाइडलाई सन्तुलित बनाउन आवश्यक छ । डाइडमा नुट्रियसको कमि हुनाले कम उमेरमा कपाल सेतो हुन्छ । शरीरमा हुने भिटामिन बीका कारण कपाल रुखो हुन्छ ।

प्रतिक्रिया दिनुहोस