आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

र्सावजनिक जग्गा ब्यक्तिको नाममा गर्न सिफारिस गरीएको पत्र आधिकारी छैन् वडा अध्यक्ष देवान

AuthorAP Khabar२०७६ बैशाख ६, शुक्रबार (५ साल अघि) ११८३ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख ६ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीले सार्वजनिक तथा प्रति जग्गा व्यक्तिका नाममा दर्ता गर्न भनि मालपोत कार्यालय सिमरालाई पठाएको पत्र आधिकारी नभएको जनाइएको छ । बैशाख ३ गते वडा कार्यालयले मालपोत कार्यालय सिमरालाई पत्राचार गर्दै च.न.१६५\०७५ मिति २०७५\८ गते सम्म नखुलेको पत्र यस यस कार्यालयमा बुझदा आधिकारीक पत्र नभएकोले कार्यन्वयन नगरीदिन पत्राचार गरेको छ ।

आम जनतामा भलुहीको ४ बिहागा १ कठ्ठा १० धुर सार्वजनिक तथा प्रति जग्गा संरक्षण गर्न वडाध्यक्ष अस्लम देवानले मालपोत कार्यालय सिमरालाई पठाएको पत्र भुमाफियाको पक्षमा देखिएको कुरा सुन्नमा आएपछि वडा कार्यालयले मालपोत कार्यालयलाई सो पत्रचार गरेको हो ।

२०७५ मंसिर १८ गते पठााइएको सर्वजनिक राय प्रतिबेनमा उजुरी पर्दा २०७६ बैशाख ४ गते बसेको वडा बैठकले सो प्रतिवेदन रद्ध गरी उक्त जग्गाहरुलाई सार्वजनिककिकरण गर्ने निर्णय गरेको वडा अध्यक्ष देवानको भनाई छ ।

साबिक रामपुर टोकनी गाविस र हाल जीतपुरसिमरा उपमहानगरपाकिला वडा नं २३ को भलुहीको कित्ता नं ३३, ६१, १४१, १२, ३९२, २४३, १, २, १०, ११, १७, १८ र २० मा रहेको प्रधुमन पाण्डेको नाममा रहेको ४ बिहागा १ कठ्ठा १० धुर सार्वजनिक तथा प्रति जग्गा संरक्षण गर्न वडा कार्यालय यो निर्णय गरेको वडा अध्यक्ष देवानले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस