आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राेकिराखेकाे ट्रकमा माेटरसाइकलले ठक्कर दिँदा चालककाे मृत्यु

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ३११ पाठक संख्या

बैशाख ९  पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।

रोकी राखेको यूपी ६५ बि.पी. ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन् । दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो ।

प्रतिक्रिया दिनुहोस