आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निर्माण गरीएको नालामा पानी जम्दा स्थानीयलाई समस्या

AuthorAP Khabar२०७५ मंसिर १, शनिबार (५ साल अघि) ५२१ पाठक संख्या

तिवारी यादव

वीरगंज, मंसिर १ : बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा बनार्ईएको नाला निकास विना अलपत्रमा रहेको छ । गत आर्थिक बर्ष २०७४/०७५ को बजेटमा निर्माण गरीएको नाला संतोष जनक नभएको स्थानीयबासीको आरोप छ ।

परवानीपुर बजार देखि लिपनीमाल गाँउमा जाने रोड छेउमा बनाईएको नाला निकास बिना अलपत्रमा परेको स्थानीयको भनाई छ। संचालन बिना निर्माण गरीएको नालामा बजारको फोहोर पानी खस्दै आएको छ ।तर, नालाको निकास नहुदाँ नालाको दुषित पानी बाटोमा जम्ने गरेकोले आवातजावतमा समस्या हुन थालेको स्थानीयबासीको आरोप छ ।

यस्तै लिपनीमालको स्वास्थ्य चौकी छेउमा रहेको खाली जग्गामा बजारका व्यापारीहरुले बजार बाट निस्केको फोहोर फल्दा स्वास्थ्य चौकीमा उपचार गराउन आउने सेवाग्राहीहरुलाई समेत समस्या भईरहेकोे छ । 

विगत लामो समय देखि यसको व्यव्स्थापनका लागी गाँउपालिका प्रमुख हरीनारायण साहलाई स्थानीयबासीले पटकपटक जानकारी गराउँदा पनि गाँउपालिका प्रमुख साहले समाधानका लागी कुनै वास्ता नगरेको स्थानीयहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस