आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा शनिवारबाट कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लि संचालनमा ।

AuthorAP Khabar२०७५ मंसिर १, शनिबार (५ साल अघि) ५७८ पाठक संख्या

AP डेस्क

जीतपुर, मंसिर १ : बाराको सिमरामा शनिवारबाट कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लि सञ्चालनमा आएको छ । प्रा.लिको शनिवार एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख पौडेलले सिमरामा यस्तो संस्था खुल्नु खुशिको बिषय भएकोभन्दै सफल्ताको शुभकाममना दिनुभयो । ‘हाम्रो ठाउमा यस्तो हस्पिटालिटि म्यानेजमेन्ट खुल्नु खुशिको कुरा हो, तर पैसाको बिषयमा भने हामीसंग समन्वय गरेर काम गर्नुहोस’ उहाले भन्नुभयो ।

कार्यक्रममा बोल्दै कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लिका सञ्चालक कोमल न्यौपानेले सिमरामा संस्था खोल्न पाउदा आफु निकै खुशि भएको भन्दै आगामी दिनमा आफुले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, उपाध्यक्ष अर्जुन लम्साल लगाएतको उपस्थिति रहेको थियो ।

कोबिनि हस्पिटालिटि म्यानेजमेन्ट प्रा.लिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस