आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मंगलसेनमा भेटिएको बम सेनाद्वारा डिस्पोज

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) २७३ पाठक संख्या

बैशाख ९  अछाम सदरमुकाम मंगलसेनमा सोमबार बम भेटिएको छ । मध्यपहाडी लोकमार्गको मंगलसेन–बसपार्क सडक खण्डको बैरागी धारा नजिकको मोडमा बम भेटिएको हो ।

नियमित कसरतमा निस्किएको नेपाली सेनाको टोलीले बिच सडकमा कागजमा बेरिएको अवस्थामा बम फेला पारेका थिए । ग्रिनेट आकारको सो बम फेला परेको करिब दुई घण्टा तीस मिनेटपछि डिस्पोज गरिएको छ ।

भवनी बक्स गण मंगलसेनबाट आएको मेजर हरि श्रेष्ठको टोलीले बम डिस्पोज गरेको थियो । सेनानी श्रेष्ठका अनुसार उस्तै आकारको शंकास्पद बस्तु पाँच मिटरको फरकमा दुई ठाउँमा भेटिएका थिए । एक ठाउँमा झुक्याउनका लागि मात्र बोतल बोकेर राखिएको भएपनि अर्को ठाउँमा राखिएको बस्तु भने डिस्पोज गरिएको उनले बताए ।

मंगलसेनका प्रमुख गणपति लोचन कार्कीले भने उक्त बस्तुलाई बम भन्न नमिल्ने बताएका छन् । त्रास फैलाउनका लागि कसैले तार र फलाम प्रयोग गरेर बम जस्तो देखिनेगरी सडकमा राखेको हुनसक्ने उनले बताए ।

डिस्पोज गर्दा सेनाले नै प्रयोग गरेको बिस्पोटक पदार्थको आवाज आएकाले सो बस्तुलाई बम भन्न नमिल्ने उनले बताए । यो सामान्य प्रकृतिको शंकास्पद बस्तु भएकाले यसबाट त्रसित नहुनपनि उनले आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार शंकास्पद वस्तु भेटिए लगतै प्रहरीले घटना बारे अनुसन्धान थालेका बताए । यसअघि चार दिन पहिले जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि यस्तै शंकास्पद वस्तु भेटिएकाले यसमा कुन समूहको संलग्नता छ भन्नेबारे प्रहरीले खोजी सुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस