आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युएईमा एक वर्षमा १ सय तीन जना नेपालीको मृत्यु

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (४ साल अघि) ३४३ पाठक संख्या

बैशाख ९  २०७५ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या १०३ जना रहेको नेपाली राजदुतावास युएईले जनाएको छ । जस मध्य प्राकृतिक कारण मृत्यु भएको  संख्या सबै भन्दा बढी रहेको छ । प्राकृतिक मृत्यु हुनेको संख्या ५२ जना रहेको छ, जसमा ५० जना पुरुष र २ जना महिला रहेका छन् ।

त्यस्तै आत्महत्या गर्नेमा ३१ जना नेपालीले रहेका छन् । बैदेशिक रोजगारीमा रहेर आत्महत्या गर्नेको संख्या बढ्दो छ । नेपालीहरु युएईको वातावरण, अत्याधिक गर्मी, कामको चाप, पारिवारिक चिन्ता, मानसिक दवाव, आनावश्यक तनाव आदीका कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।

त्यसैगरी विभिन्न दुर्घटना मृत्यु हुनेहरुमा १५ जना पुरुष र ३ महिला गरि १८ जना रहेका छन् । युएईमा गत बर्ष एक जना पुरुष र एक जना महिलाको हत्या भएको दुतावासको अभिलेखमा उल्लेख छ ।

नेपाली राजदुतावास अनुसार २०७५ मा मृत्यु भएका सबै नेपालीहरुको शव नेपाल पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस