आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपतिको चीन भ्रमणमा के के छ कार्यसूची ?

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (४ साल अघि) २६७ पाठक संख्या

बैशाख १०  राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते मित्रराष्ट्र चीनको नौदिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सि जिन फिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जान लाग्नु भएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लु गाओले चीनका राष्ट्रपति फिङको निमन्त्रणामा नेपालका राष्ट्रपति भण्डारीले चीनको ९ दिने औपचारिक भ्रमण गर्न लाग्नु भएको पुष्टि गर्नुभएको छ ।

भ्रमणक्रममा राष्ट्रपति भण्डारी तीनवटा महत्वपूर्ण कार्यक्रममा सरिक हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको राजधानी बेइजिङमा हुने बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरआई) को दोश्रो सम्मेलन, चिनिया राष्ट्रपति फिङले दिनुहुने रात्रीभोज र फलफूल प्रदर्शनीमा भाग लिनु हुने परराष्ट्र मन्त्रालयले कार्यसूची तय गरेको छ । चिनियाँ समकक्षी र राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता पनि हुने छ ।

राष्ट्रपति भण्डारीको चीन भ्रमणक्रममा सन् २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूची तय भएको छ । चीन सरकारले नेपालसँग जोडिएको तातोपानी नाका आगामी मे महिनाभित्र खोलिने छ । २०७२ वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त तातोपानी नाका पुनर्निर्माण तीब्रगतिमा भइरहेको छ । राष्ट्रपति भण्डारीको चीन भ्रमणले तातोपानी नाका चाँडो खोल्न मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्रपतीय भ्रमणका अवसरमा दुई मुलुकबीच आर्थिक विकासलाई जोड दिने परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनु भयो ।

नेपालमा राजतन्त्रको अवसान र लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले गर्न लाग्नु भएको पहिलो औपचारिक चीन भ्रमण हो । यसअघि राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गर्नु भए पनि ती भ्रमण अनौपचारिक थिए । राष्ट्रपति यादव चीनको दक्षिणी प्रान्त हेनानको बोआओ शहरमा आयोजित ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलन र सांघाई वल्र्ड एक्स्पोमा भाग लिन दुई पटक चीन जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस