आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार गुणा बढ्यो काठमाडौं–दिल्ली भाडा, अहिले कति पुग्यो ?

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (४ साल अघि) ३०० पाठक संख्या

बैशाख १० नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत भक्तपुरका डिल्ली भट्टराई दिल्ली–काठमाडौं सिधा उडानबाटै घर फिर्ने योजनामा थिए ।

हवाई भाडामा अचाक्ली बढेपछि उनी अहिले विकल्प खोज्दै छन् । ६ महिना लामो उपचारपछि तग्रिँदै गरेका उनमा काठमाडौं–दिल्ली बसबाट यात्रा गर्ने आँट छैन । ‘भाडा चर्को रहिरह्यो भने ट्रेनमा गोरखपुर जान्छु । त्यसपछि भैरहवाबाट जहाजमा जान्छु’ उनले भने, ‘क्यान्सर रोगीहरुलाई भारतीय रेल्वेले पुरै भाडा छुट दिँदो रहेछ ।’

भक्तपुर कमलविनायक पुण्य राम पनि त्यस्तै दोधारमा छन् । श्रीमती राधाको उपचारका लागि दिल्ली आएका उनले यही साता काठमाडौं जाने योजना बनाएका थिए । जब हवाई भाडा बढेर एकतर्फीनै १८ हजार भारुभन्दा बढी भएको थाहा पाए, उनी के गर्ने भनेर दुविधामा छन् ।

‘केही दिनका लागि भए पनि जानैपर्ने थियो । तर अहिलेको भाडामा कसरी जाने ?’ रामले भने । बसमा जान सकिन्छ कि भनेर सोधपुछ गरिरहेका उनले बताए । ‘म त बसमा जान सकुँला तर बिरामीलाई त्यति लामो बाटो कसरी लाने ! रामले चिन्ता व्यक्त गरे ।

हवाईभाडा महँगिएपछि भट्टराई र रामजस्ता उपचारका लागि दिल्ली आएका थुप्रै नेपाली समस्यामा परेका छन् । क्यान्सर, कलेजो र मिर्गौलासम्बन्धी रोगको उपचारका लागि बर्सेनि हजारौँ नेपाली दिल्ली धाउने गर्छन् । हरियाणाको मेदान्त र दिल्लीको राजीव गान्धी अस्पतालमा नेपाली विरामीको भीड हुन्छ ।

प्रतिक्रिया दिनुहोस