आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यार्थीलाई हवाई भाडामा छुट

AuthorAP Khabar२०७६ बैशाख १०, मंगलबार (५ साल अघि) ३६६ पाठक संख्या

बैशाख १०  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विद्यार्थीलाई हवाई भाडामा छुट दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले विद्यार्थीलाई हवाईभाडामा छुट व्यवस्था निर्णय गरिएको राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो ।

कर्णालीमा हवाईक्षेत्रमा देखिएका समस्या विषयक छलफलमा मन्त्री बुढाले विद्यार्थीलाई मन्त्रालयले छुट व्यवस्था गर्नुका साथै वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई समेत पहिले निर्णय भएअनुसार छुट व्यवस्था कार्यान्वयन गरिने मन्त्री बुढाले जानकारी दिनुभयो । १५ प्रतिशतसम्म छुटका लागि छलफल भएको छ तर निर्णय हुन बाँकी छ ।

कार्यक्रममा कर्णालीका सांसदहरुले कर्णालीका जनताले हवाईक्षेत्रमा भोग्नु परेको पीडा र समस्याबारे बताएका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले कर्णालीलाई राज्यले अलग देशका रुपमा हेरेको दुःखेसो गरे ।

हुम्लाका सांसद छक्कबहादुर लामाले नेपाल वायुसोवा निगमले नै कर्णालीलाई उपेक्षा गरेको बताउँदै कर्णालीमा वायुसेवा कम्पनीहरुले सहुलियत र नियमित उडान नगरे हडताल गरिने चेतावनी दिनु भयो । कतिपय सांसद तथा जनप्रतिनिधिले हवाई क्षेत्रमा नियम बने पनि कार्यान्वयन नभएकामा दुखेसो गरेका थिए

प्रतिक्रिया दिनुहोस