आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरमा झड्प हुँदा ५ घाईते, नेकपाका युवा नेता साहद्धारा घाईते३ परिवारलाई ५१ हजार नगद सहयोग

AuthorAP Khabar२०७५ मंसिर २, आईतबार (५ साल अघि) ५७० पाठक संख्या

अखिलेश यादब
रौतहट, मंसिर २ : रौतहटको गौर नगरपालिकामा विद्यालयमा अध्ययन गर्न जाने छात्राहरुलाई जिस्काउदा बादविवाद भई झड्प हुँदा पाँच जना घाईते भएका छन् ।

गौर नपा वडा नम्वर ६ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरुलाई बरहवा खोलामा रहेको झुलुंगे पुलमा वडा नम्वर ५ का केटाहरु बसेर जिस्काउने गरेको थिए । ति छात्राहरुले आफना अभिभावकलाई भनेपछि ति केटाहरुको अभिभावकलाई सम्झाउन जाँदा वादविवाद भई दोहोरो झड्प हुँदा वडा नम्वर ६ पुरेनवाका ५० बर्षिय बदामी साह, २८ बर्षिय शिकारचन राम र २४ बर्षिय अनिल साह सहित ५ जना घाईते भएका छन ।

घाईते मध्ये बदामीको टाउको हडी भाँचिएको, राम र साहको पनि टाउकोमा घाँउ लागेको निजहरुलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उचारको लागि विरगंज पठाइयो छ । विरगंज स्थित न्यूरो अस्पतालमा तिनै जनाको उपचार भईरहेको छ भने उपचारमा संलग्न चिकित्सकका अनुसार बदामीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यसैविच घटनामा संलग्न रहेका मुख्य दोषि जितेन्द्र कुश्वाहालाई प्रहरी पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने कुश्वाहाको ब्यानको आधारमा दोषिहरु पहिचान भईसकेको हुँदा उनीहरुलाई यथाशिघ्र पक्राउ गरिने रौतहट प्रहरीका प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभएको छ ।

दोहरो झड्पमा परेर गम्भीर घाईतेहरुको घरायसी अवस्था अत्यन्तै दैनिय रहेको हुँदा उपचार गर्न समेत गाह्रो रहेको अवस्थामा घाईते भएका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता शम्भु साह कानुले ५१ हजार रुपैया आर्थिक सहयोग गरेको पिडित परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस