आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आईपीएल : चेन्नाइ शीर्षस्थानमा उक्लियो, वाट्सनको ९६ रन

AuthorAP Khabar२०७६ बैशाख ११, बुधबार (५ साल अघि) ७५२ पाठक संख्या

बैशाख ११ आईपीएल क्रिकेटमा चेन्नाई सुपर किङ्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाईस्थित चिदमबराम स्टेडियममा मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नाई शीर्षमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य चेन्नाईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईको लागि शेन वाट्सनले ९६ रनको योगदान गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए । बलिङतर्फ हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय पारी खेले । पाण्डेले अविजित ८३ रनको योगदान गर्दा वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए । चेन्नाईका हरभजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस