आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालद्वारा मलेसियासामु जितका लागि १४२ रनको चुनौती

AuthorAP Khabar२०७६ बैशाख ११, बुधबार (५ साल अघि) ६६३ पाठक संख्या

एसिसी १६ वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको दोसो खेलमा नेपालले मलेसियालाई १४२ रनको चुनौती दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ तथ सुवास ऐरले ११ रन जोडे । बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । १४२ रनको विजय लक्ष्य पच्छाएको मलेशिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्रतिक्रिया दिनुहोस