आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एउटै सडक बनाउनको लागि दुई निकायबाट बजेट !

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (५ साल अघि) ३२५ पाठक संख्या

रौतहट, वैशाख १३ । रौतहटमा एउटै सडक बनाउनको लागि दुई फरक निकायले समन्वय नगरी योजना छनोट गरेपछि विवादित बनेको छ ।स्तरोन्नतिका लागि भन्दै सघन सहरी भवन निर्माण आयोजना पर्सा र गौर नगरपालिकाले छुट्टाछुट्टै बजेट विनियोजन गरेपछि रकम दुरुपयोग गर्न लागिएकोे भन्दै स्थानीय असन्तुष्ट बनेका हुन् ।

रौतहटको सदरमुकाम गौरस्थित हनुमान मन्दिरदेखि भन्सार कार्यालयसम्मको सडक स्तरोन्नतिका लागि सघन सहरी भवन निर्माण आयोजना पर्साले ठेक्का लगाइसकेकोे थियो ।तर, चालु अवस्थाको सडक भत्काएर पुनः नयाँ सडक बनाउन गौर नगरपालिकाले सडक बोर्डको बजेटबाट उपभोक्ता समितिलाई जिम्मा दिएको छ ।

एउटै काममा दुईतिरबाट बजेट विनियोजन गरेपछि रकमको दुरुपयोग हुने भन्दै स्थानीयले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस