आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुर प्रहरीद्वारा ठुलो परिमाणको लागूऔषध नष्ट

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (४ साल अघि) ६९० पाठक संख्या

बैशाख १३ मकवानपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको लागूऔषध गाँजा नष्ट गरेको छ ।

मकवानपुर, धादिङ लगायतका जिल्लाबाट प्रहरीले बिभिन्न मितिमा बरामद गरेको लागूऔषध गाँजा ६ सय ७८ किलो, चरेश २ सय ७३ किलो, अफिम ७ सय ग्राम, फेनार्गन २९ एम्पुल, व्यूप्रोनोर्फिन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल, नाइट्रोभेट ५ सय ४७ ट्याब्लेट आज मकवानपुरको भैसेमा लगेर नष्ट गरिएको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

प्रहरीले लागूऔषध अनुसन्धान तथा कारबाहीको फैसला पछि अदालतको अनुमतीमा उक्त परिमाणमा लागूऔषध नष्ट गरेको जनाएको छ । ४ सय ४० किलो ८ सय ग्राम लागूऔषध भने अनसन्धानमै रहेकाले नष्ट गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

२०७५ फागुन ८ गते देखि २०७६ साल वैशाख १ गतेसम्मको अवधिमा नियन्त्रणमा लिएको लागूऔषध नष्ट गरिएको एसपि सिंहले जानकारी दिनुभयो ।

भिमफेदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष, स्थानिय र पत्रकार लगायतको उपस्थितीमा लागूऔषध जलाएर नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस