आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

परिक्षामा फेल भएका अस्थायी शिक्षकलाई सम्मान जनक रुपमा बिदाइ गरीने

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (४ साल अघि) १६५१ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरीराजमणी पोखरेलले परिक्षामा फेलमा भएका अस्थायी शिक्षकलाई सम्मान जनक रुपमा बिदाई गरीने बताउनुभएको छ । बाराको सिमरा विमान स्थलमा संचारकर्मिहरुसंगको कुराकानिमा उहाँले ऐनमा एकपटक मात्र परिक्षाको ब्यवस्था रहेको बताउँदै अब दोस्रो पटक परिक्षा नगर्ने तर गोल्डेन हेन्टसेक दिएर सम्मानपुर्वक परिक्षामा फेल भएका अस्थायी शिक्षकलाई विदाई गर्ने बताउनुभएको हो ।

उहाँले शिक्षा मन्त्रालयले आकलन गरेको भन्दा बढि अस्थायी शिक्षक परिक्षामा फेल भएकाले गोल्डेन हेन्सेक दिन राखिएको ५ अर्बले नपुग्ने बताउँदै अब चाहिने ९ अर्बका लागि अर्थसंग गृहकार्य भैरहेको जानकारी दिनुभयो ।

यसैगरी उहाँले राहत शिक्षकलाई उमेरको सिमा नराखि प्ररिक्षा प्रणालीमा लगेर स्थायी गर्ने गृहकार्यमा समेत सरकार लागीरहेको बताउनुभयो ।

संचारकर्मिहरुले प्रदेश नम्बर २ मा एस.इ.इ परिक्षामा प्रश्नपत्र बाहिरीको बारे राखेको जिज्ञासामा उहाँले सुरक्षा घेरामा रहेको प्रश्नपत्र रुजु गर्दा सिसि क्यामराको निगरानिमा हुनुपर्ने, परिक्षा केन्द्रमा मोवाईल फोनको प्रयोग केन्द्रा अध्यक्षलाई समेत गर्न नदिने र अनुगमनका नयाँ प्रविधि अपनाउने गरी राष्ट्रिय परिक्षा बोर्डलाई २२ बुदँे निर्देशन दिएको जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा पुर्वमन्त्रि एवम नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, राचाराज वाग्ले, बाराका जील्ला अध्यक्ष क्षेत्रबहादुर क्षेष्ठ (अनिल), प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सिता गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस