आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश नम्बर २ फोटो पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार भण्डारी सम्मानित

AuthorAP Khabar२०७६ बैशाख १३, शुक्रबार (४ साल अघि) ८४१ पाठक संख्या

एपी खबर
जीतपुर, बैशाख १३ : बाराका फोटो पत्रकार दिवाकर भण्डारी राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५ प्रदेश २ बिधाबाट सम्मानित हुनुभएको छ ।

नेपाल राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा आज शुक्रवार राष्ट्रिय फोटो पत्रकार समूहले काठमान्डौमा आयोजना गरेको एक समारोहमा प्रदेश नम्बर २ बाट उत्कृष्ट पाँचमध्येबाट भण्डारी सम्मानित हुनुभएको हो ।

लामो समयदेखी फोटो पत्रकारितामा आवद्ध भण्डारीलाई राष्ट्रिय फोटो पत्रकार समूहले २५ हजार नगदसहित, प्रमाणपत्र र ट्रफिले सम्मानित गरेको छ । उहाँ राष्ट्रिय फोटो पत्रकार समूह बाराका उपाध्यक्ष पनि हुनुहुन्छ ।

फोटो पत्रकारहरुको हौसला बढाउन समुहले विगत ३ बर्षदेखि विभिन्न संघसंस्थासंग सहकार्य गरि पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस