आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश सरकारले सिडियो नियुक्त गर्न नपाउने : गृहमन्त्री बादल

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (४ साल अघि) ४३८ पाठक संख्या

जनकपुरधाम, वैशाख १४ गते ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप छ ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताए ।
प्रदेश २ सरकारले आफ्नै सिडियो राख्ने प्रक्रिया शुरु गरिसकेको अवस्थामा उनले सिडियो संघीय सरकारको प्रतिनिधि हुने बताउदै संविधानमा कहीँकतै दोहरो सिडियोको प्रावधान नरहेको स्पष्ट पारेका हुन् ।

जनकपुरमा गृहमन्त्रालयद्धारा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा बोल्दै मन्त्री थापाले सातै वटा प्रदेशको सुरक्षा गोष्ठिले देशको सुरक्षा व्यवस्था सुदृढ गर्न ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनले नागरिकता समबन्धी पनि कतिपय समस्याहरुलाई समाधान गरिएको बताउँदै सर्वोच्च अदालतले २०५४ सालमा नागरिकता पाएकाहरुको हकमा गरेको फैसला बमोजिम नै गृहमन्त्रालय अघि बढ्नै बताए ।सरकारको एक वर्षलाई आधार वर्षको रुपमा परिभाषित गर्दै गृमन्त्री थापाले एक वर्षको अवधिमा सरकारले समृद्धिको निम्ति आवश्यक संरचाना र कानुन निर्माण गरेको दावी गरे । उनले भर्खरै सम्पन्न लगानी सम्मेलनले नेपालमा नेपालमा लगानी प्रवद्र्धनकालागि मह्तत्वपुर्ण आधार खडा गरेको बताए । ‘,यो एक वर्ष मुलुकमा शुसासन र शान्ति सुरक्षा र अखण्डतालाई सुदृढ गर्ने सन्दर्भमा पनि महत्ववपुर्ण उपलब्धि हासिल भएको छ,’ मन्त्री थापाले भने ।अपराध नियन्त्रणमा पनि सरकारले महत्वपुर्ण उपलब्धि हासिल गरेको उनको भनाई छ । मन्त्री थापाले आगामी बजेट अधिवेशनमा विकासको योजना प्रस्तुत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस