आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हुसेनको हत्या विरोधमा प्रदर्शन

AuthorAP Khabar२०७५ मंसिर ५, बुधबार (५ साल अघि) ४९२ पाठक संख्या

सुनसरी, मंसिर ५ : सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबी–सोनापुर क्षेत्रमा त्याहाका स्थानियहरुले प्रदर्शन गरेका छन् ।
हुसेनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका हुन । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी ५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।
यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ । अनलाईन खबर

प्रतिक्रिया दिनुहोस