आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२४ वर्षीया युवती र ६९ वर्षे वृद्धको अनौठो प्रेमकहानी, छोरो छ साथमा !

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (४ साल अघि) ७८२ पाठक संख्या

बैशाख १४ काठमाडाैं : आधुनिक समाजमा सम्बन्धहरु जसरी पातलिँदै छन्, उत्तिकै अनौठा सम्बन्ध स्थापित पनि हुँदै गरेका छन् । हालै ६९ वर्षीय एक बेलायती वृद्ध र २४ वर्षीया युवतीबीच भएको विवाहले यस्तै अनौठो प्रेम सम्बन्ध खुलासा गरेको छ ।४५ वर्ष अन्तरमा रहेका उनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै रोचक छ । एक वर्षको छोरो समेत जन्माइसकेका उनीहरुले ४ वर्षको प्रेम सम्बन्धपछि हालै विवाह गरेका हुन् ।

२४ वर्षीया स्टेफनी र ६९ वर्षीय डन वाल्परले आफ्नो रोचक सम्बन्धबारे बारक्रफ्ट टिभीसँग हालै एक अन्तरवार्तामा खुलेर चर्चा गरेका छन् । डन यसअघि नै विवाहित थिए । अघिल्लो विवाह टुटेपछि स्टेफनीसँग अर्को विवाह गरेका हुन् । उनले अन्तरवार्तामै आफ्नो अघिल्लो विवाह र सम्बन्धबारे खुलेर बोलेका छन् ।

‘मैले डनको छोरालाई स्कुलको बेलादेखि नै चिनिसकेको थिएँ । हामी सँगै पढ्न गएका थियौँ । पूरा स्कुले जीवन हामीले सँगै बितायौँ ।’ रोचक त के भने डनको पहिलेकी श्रीमतीतर्फका छोरासँग स्टेफनीले ग्राजुएटसम्म सँगै पढेकी थिइन् । उनले आफूहरुको सम्बन्ध बलियो रहेको पनि खुलासा गरेकी छन् ।

अचेल डन र स्टेफनी डनका छोराको बारेमा कुरा गर्दैनन् । एक वर्षअघि मात्रै उनीहरुले छोरा जन्माए । उनको नाम हो लाचलाह । लाचलाह जन्मिएपछि मात्रै उनीहरुले विवाह थरेका हुन् ।

‘अधिकांश मानिसलाई थाहा छैन कि, उमेरान्तरका विवाह पनि परिपक्व हुन सक्छन् भनेर,’ स्टेफनी भन्छिन् । उनी यसरी उमेर भिन्नताबीच पनि सम्बन्ध बलियो हुनसक्नेमा विश्वास गर्छिन् । र प्रेम स्वभाविक हुनसक्ने बताउँछिन् ।

४ वर्षभन्दा अघिदेखि उनीहरुको चिनजान भएको हो । जतिबेला डनको पबमा स्टेफनीले काम गर्थिन् । र छोटो समयमै उनीहरुको सम्बन्ध विस्तार भएको हो । डन भन्छन्, ‘पक्कै पनि मेरो बिचारमा यस्ता सम्बन्धमा यौन समस्या हुनसक्छन् । तर म सधैँ युवापन भएको महसुश गर्छु । म आफ्नो उमेरलाई लिएर हिनतावोध गर्दिन । म सधैँ बाहिर गएर युवाहरुको भीडमा रमाइलो गर्न रुचाउँछु ।’

स्टेफनी थप्छिन्, ‘रातको २ बजे, बिहान ५ बजे, मधह्न, रातको खानाअघि, खानापछि, खाना खाँदा खाँदै, रुफटपमा, बालकोनीमा, भुइँमै । जहाँसुकै…’ अचेल उनीहरु आफ्नो छोराबारे केन्द्रित हुँदैछन् । तर भविष्यप्रति चिन्तित छैनन् ।

डन आफ्नो उमेरबारे पनि चिन्तित छैनन् । छोराको हेरचाह स्टेफनीले गर्नेछिन् भन्ठान्छन् । वृेद्धावस्थामा उनी आफ्नै पत्नीले हेरचाह गर्ने सोच्छन् । यसरी उनीहरुको सम्बन्ध रोचक र अनौठो छ । स्टेफनी पनि आफूहरुको वैवाहिक सम्बन्धमा रमाइरहेकी छन् ।

(एजेन्सीबाट)

प्रतिक्रिया दिनुहोस