आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रअको छोराको विहे भएको कारण पार्साको एक बिधयालय ४ दिनका लागि विद्यालय बन्द

AuthorAP Khabar२०७६ बैशाख १४, शनिबार (५ साल अघि) ६९६ पाठक संख्या

१४ बैशाख पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.४ टोल हरपुरमा रहेको श्री दुर्गा प्राथमिक बिद्यालय हरपुरका प्रधानाध्यापक हृद्यनाराण यादवको छोराको बिहे भएको कारण ४ दिन देखि विद्यालय बन्द रहेको स्थानियहरुले बताएका छन् ।२५२ जना बिद्यार्थीहरु अध्यनरत रहेको सो बिद्यालयमा ६ जना शिक्षकशिक्षिकाहरु रहेको भए पनि प्रअको छोराको विहे भएको कारण विद्यालय नै बन्द गरिएको स्थानियहरुको भनाई छ । बिधार्थी अभिभावक कसैलाई जानकारी नै नगराई बिदालय बन्द गरिए पछि पढन गएका विद्यार्थीहरु घर फर्किएको स्थानिय गौरा चौधरीले बताउनु भयो । स्थानियहरुका अनुसार प्रअ यादवको लापरवाहीका कारण कतिपय शिक्षकहरु विद्यालय नै आएन भने अधिकाशं शिक्षकहरु जन्ती गएको स्थानियहरुले वताए ।

स्कुलमा पढाई नै हुने गरेको तथा विना प्रयोजन विदा हुन थाले पछि वालवालिका भविष्य नै अन्धकारमा पर्ने खतरा बढदै गएको स्थानियहरुको भनाई छ ।

पढन आएका विद्यार्थीहरु लगातर विद्यालय बन्द छ कि खुल्ला भने वारे अन्यौलमा पर्ने गरेका छन् । धेरै अभिभावकहरु आफ्ना वालबच्चाहरुको नाम अन्य विद्यालय तथा निजि वोडिङ्ग स्कुलमा लेखाउँन थालेको तथा विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै गएको स्थानिय गौरा चौधरीले वताउनु भयो ।

सरकारको नियमको धज्जी उडाउँदै प्रअको छोराको विहेका लागि स्कुल बन्द भई रहदा स्थानिय सरकार मुखदर्शक बनेको स्थानिय वासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस